१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ३ शनिबार
  • Saturday, 17 May, 2025
डा. रोशन झा
२o८२ जेठ ३ शनिबार o९:२४:oo
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

किन फैलिँदै छ उच्च रक्तचाप र मधुमेह ? 

Read Time : > 1 मिनेट
डा. रोशन झा
नयाँ पत्रिका
२o८२ जेठ ३ शनिबार o९:२४:oo

अव्यवस्थित खानपान, तनावपूर्ण जीवन, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राबाट टाढा रहने

मधुमेह : केही वर्षयता धेरै नेपालीलाई मधुमेह रोगले दुःख दिइरहेको छ । उमेर ढल्कँदै गएकामा मात्रै होइन, साना बालबालिकामा समेत मधुमेह देखिन थालेको छ । बच्चामा अपवादका रूपमा देखिए पनि उमेर ढल्किँदै गएका धेरैमा यो समस्या भयावह नै छ । यसको मुख्य कारण भनेको अव्यवस्थित खानपान, जीवनशैली र मोटोपन हो । यो वंशानुगत समस्या पनि हो । मधुमेह यसकारण पनि खतरनाक हो कि यसले शरीरमा अन्य धेरै रोग सँगै निम्त्याउँछ । जसले गर्दा उच्च रक्तचापको समस्या, मिर्गाैला, नसासम्बन्धी विभिन्न समस्या हुन सक्छ । 

उच्च रक्तचाप : मधुमेहकै हाराहारीमा देखिन थालेको अर्को समस्या उच्च रक्तचाप पनि हो । उच्च रक्तचाप पनि अव्यवस्थित जीवनशैली र नुनको बढी मात्रामा प्रयोगलगायत कारण देखिन्छ । उच्च रक्तचापले पनि शरीरमा अनेक समस्या निम्त्याउने गर्छ । यसले हृदयाघात, मिर्गाैलामा समस्या, ब्रेन स्ट्रोकलगायत जोखिम बढाउँछ । 

किन बढिरहेको छ ? 
मधुमेह र उच्च रक्तचापजस्ता समस्या देखिने कारण उस्तै छन् । प्रयः उच्च रक्तचापका बिरामीमा मधुमेह र मधुमेहका बिरामीमा उच्च रक्तचाप देखिको स्थिति छ । यद्यपि, सबै बिरामीमा यो लागू नहुन सक्छ । यस्ता रोग वंशानुगत कारणले पनि लाग्ने गर्छ । तर, यी रोगको मुख्य कारण भनेको अव्यवस्थित जीवनशैली नै हो । विशेषगरी जंकफुड तथा फास्टफुडको प्रयोग, उच्च क्यालोरीयुक्त खानाले यो समस्यालाई झन् बढाउँछ । मोटोपनलगायत स्वास्थ्य समस्या निम्त्याउँछ । शारीरिक व्यायाम नगर्ने, अधिक धूम्रपान, मद्यपान सेवन, निद्रामा गडबडीजस्ता कारण पनि समस्या बढ्दो क्रममा छ । 

दुवै रोगको पूर्ण उपचार सम्भव छैन । नियन्त्रणमा राख्नु मात्रै विकल्प हो । मधुमेह नियन्त्रण गर्न उच्च रक्तचाप नियन्त्रण गर्नुपर्ने हुन्छ । औषधिबाहेक नियन्त्रणका अन्य उपायमा व्यायाम र खानपान हुन् ।

बच्ने उपाय 
यी दुवै समस्या जीवनशैलीसँग प्रत्यक्ष सम्बन्धित भएकाले व्यवस्थित जीवनशैली अनिवार्य उपाय हो । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायाम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्यअनुकूल बनाउनु हो । अत्यधिक मात्रामा नुन सेवन नगर्ने, तारेको, भुटेको धेरै नखाने, प्रत्येक महिना रक्तचाप जाँँच गर्ने र चिकित्सकको सल्लाहअनुसार कार्य गर्ने । प्रेसरको औषधि खाइरहेका व्यक्तिले तीन–तीन महिनामा जाँच गर्नुपर्ने हुन्छ । 

मधुमेह नियन्त्रणका लागि पनि स्वस्थ जीवनशैली अपनाउनुपर्छ । एक्सरसाइज गर्ने, प्रशस्त फलफूल खाने, फाइबरयुक्त खाना खाने, समयमै सुत्ने–उठ्ने गर्नुपर्छ  । तनावपूर्ण जीवन, डर, चिन्ता, खिन्नता, उदासीनता र अनिद्राका रोगीलाई मधुमेहको जोखिम बढी हुने भएकाले यस्ता गतिविधिबाट टाढा रहने गर्नुपर्छ ।