१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ २ शुक्रबार १४:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १४:३९:oo

वैदेशिक रोजगारीमा युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका– ३ बस्ने नुवाकोट म्यागङ गाउँपालिका– १ घर भएका ५४ वर्षीय न्याउरे तामाङ र काठमाडौं महानगरपालिका– ३० बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका– ६ घर भएका ३५ वर्षीय जीवन कडरिया रहेका छन्। 

पक्राउ परेकामध्ये न्याउरेले युएई पठाइदिन्छु भन्दै दुईजनाबाट दुई लाख ६९ हजार रुपैयाँ र जीवनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै तीनजनाबाट तीन लाख २० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले न्याउरेलाई टोखा– ३ बाट र जीवनलाई काठमाडौं– २६ बाट पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।