१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २ शुक्रबार
  • Friday, 16 May, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ जेठ २ शुक्रबार १२:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डा. विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्चले गर्‍यो दरपीठ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ जेठ २ शुक्रबार १२:३७:oo

गभर्नरको चर्चामा रहेका डा. विश्व पौडेलविरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरेको छ । गभर्नर बन्न अयोग्य रहेको भन्दै सर्वोच्चमा मंगलबार पेस भएको रिट सर्वोच्चले शुक्रबार दरपीठ गरेको हो ।  

अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले पौडेललाई गभर्नर बनाउन नहुने भन्दै पेस गरेको रिटलाई सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका हुन् । समाचारमा आएको भरमा रिट दायर गरिएको भन्दै सर्वोच्चले पौडेलविरुद्धको रिट दरपीठ गरेको बुझिएको छ ।

राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने भन्दै रिट पेस गरिएको थियो ।