
सान्भी इनर्जी कम्पनीले ९ जेठदेखि सर्वसाधारणमा आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३७ लाख ९० हजार कित्ता सेयर निष्कासन गर्न अनुमति आएको थियो ।
जसमध्ये आठ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र दुई लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।
बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये एक लाख ४५ हजार पाँच सय कित्ता सामूहिक लगानी कोष र ५८ हजार दुई सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी २४ लाख १५ हजार तीन सय कित्ता सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । आवेदन जेठ १३ गतेसम्म दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ हो ।