१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o८:१३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भारत–पाकिस्तान युद्धले एसियाको खाद्य सुरक्षामा खतरा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:१३:oo
  • भारत विश्वको पहिलो र पाकिस्तान चौथो ठुलो चामल निर्यातकर्ता हुन्, दुवै देशले दक्षिण–पूर्वी र दक्षिण एसियाली राष्ट्रहरूलाई प्याज र अन्य आवश्यक खाद्यान्नसमेत उल्लेख्य परिमाणमा निर्यात गर्छन् 

भारत–पाकिस्तान द्वन्द्वले एसियामा व्यापारिक अशान्ति र बढ्दो मूल्यको जोखिमलाई बल पुर्‍याएसँगै चामलसहितको खाद्यान्न आपूर्तिमा हुन सक्ने अवरोधले एसियाको खाद्य सुरक्षामा सबैभन्दा बढी खतरा देखिएको छ ।

भारत र पाकिस्तानबिचको गहिरो द्वन्द्वले एसियाभरि खाद्य सुरक्षालाई खतरामा पार्ने विश्लेषकले चेतावनी दिइसकेका छन् । द्वन्द्वले व्यापारमा बाधा पुर्‍याउने र विश्वव्यापी वस्तुको मूल्यसमेत बढाउने भएकाले नेपालसहित आयातमा निर्भर देशहरूले चामल र अन्य खाद्यान्न आपूर्तिमा चिन्ता लिनुपर्ने अवस्था सिर्जना भएको छ । भारत विश्वको सबैभन्दा ठुलो चामल निर्यातकर्ता हो भने पाकिस्तान चौथो ठुलो निर्यातकर्ता हो । दुवै देशले आयातमा निर्भर दक्षिण–पूर्वी र दक्षिण एसियाली राष्ट्रहरूलाई प्याज र अन्य आवश्यक खाद्यान्नसमेत उल्लेख्य परिमाणमा निर्यात गर्छन् । 

आणविक हतियारधारी प्रतिद्वन्द्वीबिचको कुनै पनि लामो द्वन्द्वले खाद्यवस्तुको  आपूर्तिलाई कम गर्ने र मूल्य बढाउने जोखिमबाट दक्षिण एसियाली राष्ट्रहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । यसका अलाबा विशेष गरी मलेसिया, सिंगापुर र इन्डोनेसियामा व्यापार अवरोधको जोखिम छ । 

मलेसियाका कृषि तथा खाद्य सुरक्षामन्त्री मोहम्मद साबुले भारत–पाकिस्तानको द्वन्द्व बन्दरगाह र व्यापारिक क्षेत्रमा फैलियो भने सबैभन्दा पहिला चामल आयातका लागि अन्य देशसँग सौदाबाजी सुरु गर्ने बताएका छन् । ‘भारत र पाकिस्तानकोे राजनीतिक र आर्थिक स्थिरता मलेसियामा खाद्य सुरक्षाका लागि महŒवपूर्ण छ,’ मोहम्मदले भने, ‘यदि दुई देशबिचको युद्ध वा तनावले बन्दरगाह सञ्चालन वा डेलिभरी पूर्वाधारलाई असर गर्छ भने हाम्रो देशमा चामलको आयात अवरुद्ध हुन सक्छ ।’

चामल दक्षिण–पूर्वी र दक्षिण एसियाली राष्ट्रभरि एक प्रमुख खाद्यान्न हो भने नेपालको प्रमख खाद्य बाली नै हो । नेपालसहित मलेसिया र इन्डोनेसियाले प्रतिव्यक्ति एक सय २० किलोग्राम चामल खपत गर्छन् । नेपालले भने वार्षिक ५६ लाख टनसम्म धान उत्पादन गरे पनि अपुग भएर वार्षिक ४० अर्बभन्दा बढीको चामल भारतबाट मात्रै आयात गर्दै आएको छ । त्यसैले भारतले चामलसहितको खाद्यान्न निर्यातमा लिने नीतिले नेपाली भान्सालाई सोझै असर पुर्‍याउँछ । नेपालले कुल खपतको झन्डै आधार परिमाण आयात गर्दै आएको छ । मलेसियाले पनि खपतको आधा परिमाण आयातबाटै धान्दै आएको छ । आयातमध्ये ४० प्रतिशत भारतमा निर्भर रहेको मलेसियाको कृषि मन्त्रालयले जनाएको छ ।

सबैभन्दा ठुलो चामल निर्यातकर्ता भएकाले भारतको आक्रामक मूल्य निर्धारण प्रणालीले पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा चामलको मूल्य बढ्ने विश्लेषण गरिएको छ । भारतपछि ठुलो चामल निर्यातकर्ता थाइल्यान्ड र भियतनामजस्ता प्रतिद्वन्द्वीले पनि प्रतिस्पर्धा गरेर मूल्य घटाउनुको सट्टा भारतीय लागतसँग मेल खाने नीति बनाउन थालेका छन् ।

(एजेन्सीकाे सहयाेगमा)