१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २६ शुक्रबार २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार २१:२१:oo

यस वर्षको आरोहण याम सुरु भएसँगै आज सातजना शेर्पा सगरमाथा शिखरमा पुगेका छन्। उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए।

विभागका अनुसार ‘एटके एक्सपिडिसन’अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन्। अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङपेम्बा शेर्पा, पेमनुर्बु शेर्पा, टासी शेर्पा, कर्माग्याल्जेन शेर्पा, टासीग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन्।

‘सगरमाथाको चुचुराेमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ। अब अरू आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने छन्,’ निर्देशक अवस्थीले भने।