१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
खेलकुद

राष्ट्रिय महिला गोल्डकपः गोलरक्षक उषा नायक बन्दा पुलिस सेमिफाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

गोलरक्षक उषा नाथ नायक बन्दा नेपाल पुलिस क्लब हेटौँडामा जारी मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। रौतहटको महिला टिमलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो। 

आइतबार हेटौँडा उपमहानगरपालिका –६ स्थित गौरीटार रंगशालामा भएको खेलमा पुलिसलाई जिताउन गोलरक्षक उषाले रौतहटका दुईजना खेलाडीको पेनाल्टी प्रहार बचाइन् भने एक गोल गरिन्। निर्धारित खेल समय गोलरहित बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको हो। 

टाइब्रेकरमा पुलिसका लागि गोलरक्षक उषा नाथसँगै रेविका पाण्डे, निरु थापा र सरु वाइबाले गोल गरे। यस्तै, पुलिसकी गिमकुमारी गुरुङको प्रहार भने बाहिरिएको थियो।

रौतहटका लागि सविना चौधरी र सलोनी रानाले मात्रै गोल गर्न सके। रौतहटका मनीषा श्रेष्ठ र अञ्जली चन्दकको प्रहार पुलिसकी गोलरक्षक उषा नाथले बचाउ गरिन्। खेलको म्यान अफ द म्याच पुलिसकी गोलरक्षक उषा घोषित भइन् । उनले १० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरिन् ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन जारी प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्टलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको छ । हरेक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।