१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १६:४७:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायतमा आतंकवादविरुद्धको अनुसन्धानमा सात इरानीसहित आठजना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४७:oo

बेलायती प्रहरीले आतंकवादविरोधी दुई छुट्टाछुट्टै अनुसन्धानमा सात इरानी नागरिकसहित आठजनालाई पक्राउ गरिएको जनाएको छ ।

लन्डनको महानगरीय प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एउटा अपरेसनमा चारजना इरानीसहित पाँचजनालाई आतंकवादी गतिविधिको तयारी गरेको’ आशंकामा पक्राउ गरिएको छ ।’

लन्डन, स्विडेन र ग्रेटर म्यानचेस्टर क्षेत्रमा ‘आतंकवादी अपराध’ गर्न खोजेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो। ती पुरुष २९ देखि ४६ वर्ष उमेर समूहका रहेका र उनीहविरुद्ध आतंकवादविरोधी प्रहरीले शनिबार ‘कुनै खास परिसरलाई निशाना बनाउने शंकास्पद षडयन्त्र’ गरेको आरोपमा पक्राउ गरेको थियो ।

चारैजना इरानी नागरिकलाई आतंकवाद ऐनअन्तर्गत पक्राउ गरिएको थियो भने पाँचौँ व्यक्ति, जसको राष्ट्रियता अझै पुष्टि हुने काम भइरहेको छ, लाई प्रहरी र आपराधिक प्रमाण ऐनअन्तर्गत हिरासतमा लिइएको हो ।

गृहमन्त्री यवेट कुपरले ‘राष्ट्रिय सुरक्षा खतरा’प्रति बेलायतको प्रतिक्रियाको एक हिस्साका रूपमा यी ‘गम्भीर अभियान’ चालिएको बताएका छन् ।

महानगरीय प्रहरीका आतंकवादविरोधी प्रमुख डोमिनिक मर्फीले भने, ‘यो द्रुत गतिमा चलिरहेको अनुसन्धान हो र हामी प्रभावित स्थलमा रहेका व्यक्तिहरूसँग नजिकबाट काम गरिरहेका छौँ ताकि उनीहरूलाई अद्यावधिक राख्न सकियोस्।’

उनले भने, ‘अनुसन्धान अझै प्रारम्भिक चरणमा छ र हामी कुनै सम्भावित उत्प्रेरणा स्थापित गर्न र यस मामिलासँग सम्बन्धित जनतामा थप जोखिम हुन सक्छ कि भनेर पहिचान गर्न विभिन्न प्रकारका अनुसन्धानको खोजी गरिरहेका छौँ ।’

यसैबिच शनिबार लन्डनमा आतंकवादविरोधी प्रहरीले चलाएको अर्को कारबाहीमा इरानी नागरिकसहित अन्य तीनजनालाई पक्राउ गरिएको छ ।

महानगरीय प्रहरीले लन्डनमा पक्राउ परेका तीनैजना ‘शुक्रबार पाँचजनालाई पक्राउ गरिएको घटनासँग सम्बन्धित नभएको’ पुष्टि गरेको छ ।

उनीहरू ३९, ४४ र ५५ वर्षका पुरुष व्यक्ति रहेको र उनीहरूलाई राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत पक्राउ गरिएको थियो । विदेशी हस्तक्षेप र जासुसीलगायत ‘राज्यका खतरा’लाई रोक्न कानुन प्रवर्तनका लागि प्रहरीलाई थप अधिकार दिएको छ ।

कुपरले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै प्रहरीलाई धन्यवाद दिएका छन् । ‘यी गम्भीर घटनाहरू हुन् जसले राष्ट्रिय सुरक्षा खतराहरूका लागि हाम्रो प्रतिक्रिया अनुकूलन गर्न जारी आवश्यकतालाई प्रदर्शन गर्दछ,’ कुपरले पिए न्युज एजेन्सीसँग भने ।

उनले भने, ‘देशलाई सुरक्षित राख्न आवश्यक सबै कार्य र सुरक्षा मूल्यांकनलाई समर्थन गर्न सरकारले प्रहरी र गुप्तचर निकायहरूसँग काम गरिरहेको छ।’ रासस