१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 04 May, 2025
Invalid date format १६:o१:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रीमती मार्न सुपारी लिएकाबाटै मारिए चूडामणि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:o१:oo

धादिङको गजुरी गाउँपालिका– २ डुँडेठाँटीका ६० वर्षीय चूडामणि कँडेल ०८१ चैत २७ गते आफ्नै घरमा मृत भेटिएका थिए। 

दुईतले घरको भुइँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट तथा बाथरुमभित्र उनको शव भेटिएको थियो । घाँटीमा डोरी कसिएको अवस्थामा भुइँमै कँडेलको शव फेला परेपछि अनुसन्धान थालेको प्रहरीले तीनजनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । 

कँडेलको हत्या गरेको अभियोगमा मकवानपुरको राक्सिराङ गाउँपालिका– ९ का ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान पक्राउ परेको धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए । ‘प्रजालाई वैशाख ३ गते डुँडेठाँटीबाट, थिङ र मुक्तानलाई वैशाख १६ गते मनहरी गाउँपालिका– ७ बाट पक्राउ गरिएको हो । ‘तीनैजनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ,’ उनले भने । 

‘मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलवालबिच बोलचालै बन्द हुने गरी सम्बन्ध बिग्रेको रहेछ । आफ्नै श्रीमती मार्न मृतक कँडेलले योजना बनाएर अक्कलबहादुर प्रजालाई चार लाख रुपैयाँ ‘सुपारी’ दिएका रहेछन् । प्रजाले पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई पनि साथ लिएका रहेछन्,’ प्रहरी नायब उपरीक्षक हमालले भने, ‘सुस्मितालाई मार्ने धेरैपटक प्रयास गरे । लामो समयसम्म प्रयास गर्दा पनि उनीहरूले सुस्मितालाई मार्न सकेनन् । उनीहरूको योजना विफल बन्यो ।’ 

प्रहरी नायब उपरीक्षक हमालका अनुसार श्रीमती मार्ने सुपारी लिएकाले काम गर्न नसकेपछि कँडेलले उनीहरूलाई छिटो काम गर्न दबाब दिएका थिए । काम गर्न नसके चार लाख रुपैयाँ फिर्ता गर्नसमेत दबाब दिइएको पाइएको छ । धेरै नै दबाब दिएपछि सुपारी दिने कँडेललाई नै मार्ने योजना बनाएर उनको घरमा गएर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।   

प्रहरीले मृतकको घाँटीमा कसेको डोरी, घटनामा प्रयोग भएको कोदालो, प्रजाको कोठाबाट कँडेलले दिएको एक लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा, जुत्ता र कम्ब्याट हाफपाइन्ट, अभियुक्तहरूले मृतक कँडेलको फुटाएर फालेको फोन प्रहरीले बरामद गरेको छ ।