
आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा वीरगन्ज कारागारका पाँचजना कैदीबन्दी सहभागी भएका छन् ।
कक्षा १२ को परीक्षामा विभिन्न मुद्दाका पाँचजना पुरुष कैदीबन्दी सहभागी रहेकोे वीरगन्ज कारागारका जेलर खिमराज भुसालले जानकारी दिए ।
कारागारका कैदीबन्दीलाई कारागारभित्र नै कक्षा १२ को परीक्षा दिनलाई व्यवस्था गरिएको उनले बताए । कक्षा १२ को परीक्षामा सहभागी हुने तीनजना नियमित र दुईजना आंशिक परीक्षा दिने कैदीबन्दी रहेकोे जेलर भुसालले बताए ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक देशमा एक हजार ९१ परीक्षा केन्द्र छन् । परीक्षामा झन्डै २० हजार निरीक्षक र २१ सुरक्षाकर्मी खटिँदै छन् ।
यसपालि ०५६ यता विषय लागेका वा परीक्षा दिन नपाएका विद्यार्थी पनि सहभागी हुँदै छन् । उत्तरपुस्तिका प्रदेश तहमा परीक्षण हुने र परीक्षा बोर्डले नतिजा प्रकाशन गर्नेछ ।