१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २१ आइतबार
  • Sunday, 04 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख २१ आइतबार o८:३९:oo
Read Time : < 1 मिनेट
समाचार

दुई पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार प्रदान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख २१ आइतबार o८:३९:oo

अमेरिकाको टेक्ससमा कार्यालय रहेको हेम–सरिता पाठक फाउन्डेसनद्वारा स्थापित ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पत्रकारलाई प्रदान गरिएको  छ ।  कान्तिपुर दैनिकका मातृका दाहाल र उकालो डटकमकी दीपा दाहाललाई पुरस्कार प्रदान गरिएको हो । 

पुरस्कारको राशि एक लाख रुपैयाँ छ ।  खोज पत्रकारिताका माध्यमबाट भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा पुर्‍याएको योगदानस्वरूप पत्रकारद्वयलाई पुरस्कृत गरिएको फाउन्डेसनले जनाएको हो ।  प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेशकुमार सिंह, फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र फाउन्डेसनका अध्यक्ष जेनी पाठकले पत्रकारद्वय दाहाललाई नगद तथा सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।