मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस
२०७५ चैत १६ शनिबार १८:३५:००
Read Time : < 1 मिनेट
विश्व

विद्यालयमा तोप आक्रमण, चार विद्यार्थीको मृत्यु, १७ घाइते

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत १६ शनिबार १८:३५:००

अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको एक विद्यालयमा तोप आक्रमण भएको छ । शनिबार गाजनी प्रान्तअन्तर्गत आन्दर जिल्लाको ग्रामीण इलाकाकाे विद्यालयमा ताेप आक्रमणमा चार विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ, घटनामा दुई शिक्षकसहित १७ जना घाइते भएकाे सरकारका प्रान्तीय प्रवक्ता अरेफ नुरीले बताए ।

अधिकारीका अनुसार मुल्लाह नोह बाबा विद्यालयमा कक्षा चलिरहेकाे बेला तोप आक्रमण भएकाे हाे । घटनामा घाइतेहरूकाे तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा पुर्‍याइएको छ । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतककाे सङ्ख्या बढ्न सक्ने समाचारमा जनाइएकाे छ ।

सरकारी सुरक्षा फौज र तालिवान समूहबीच दोहोरो भिडन्त भइरहेका समय विद्यालयमा तोप आक्रमण भएको बताइएको छ । तोप कसले हानेको भन्नेबारे पुष्टि नभएकाे  स्थानीयले बताएका छन् ।