मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सौरभ यादव राजविराज
२०७९ कार्तिक २८ सोमबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धार्मिक समूहले धर्मकै नाममा हामीविरुद्ध कुप्रचार गर्‍यो :  सुमन 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०७९ कार्तिक २८ सोमबार १७:३२:००

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनीषकुमार सुमनले निर्वाचनमा हारको त्रासका कारण प्रतिस्पर्धीहरूले अर्नगल प्रचारबाजी गर्दै हिँडेको बताएका छन्। सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव चुनावी प्रतिस्पर्धामा रहेका सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का अन्य उम्मेदवारहरूमा हारको त्रास देखिएको बताए।

‘अहिले सामाजिक सञ्जालहरूमा निर्वाचन आचारसंहिताविपरीत हामीलाई लक्षित गरेर अर्नगल प्रचार भइरहेको छ,’ उनले भने, ‘विजयी हुन लागेको उम्मेदवारमाथि संगठित भएर कुप्रचार गर्नु गलत हो। निर्वाचनमा हारलाई पनि स्वीकार गर्नुपर्दछ।’

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले भ्रामक प्रचार गरेको भन्दै उनले सो विषयमा पनि आफ्नो पार्टी र प्रशासनले खण्डन गरिसकेको स्पष्ट गरे। ‘अस्ति जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्पष्ट रूपमा एउटा भिडियो सार्वजनिक गर्दै यहाँका प्रशासनले जसपाको पैसा बोक्छ भन्ने भ्रामक प्रचार गर्नुभयो,’ उनले भने, ‘केही दिनअघि मात्रै एउटा धार्मिक समूहले धर्मकै नाममा हामीमाथि कुप्रचार गर्नुभयो। सबैलाई थाहा छ, जसपा समाजवाद स्थापना गर्ने, अल्पसंख्यक समुदायको हितमा बोल्ने पार्टी हो।’