१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २७ आइतबार १९:५४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

'फुट्या हाँडी जोडेर महल बन्दैन, देश बचाउनेलाई भोट दिनुस्'

दैलेखको विकासको जिम्मा लिने उद्घोष

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २७ आइतबार १९:५४:००

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको स्वाभिमान बचाउने पार्टी नेकपा एमाले मात्रै रहेको बताएका छन्। 

एमाले जनताको पक्षमा देशको स्वाधीनताको पक्षमा, राष्ट्रहितको पक्षमा लाग्ने पार्टी भएकोले यसपालिको निर्वाचनमा एमालेलाई जसरी पनि विजयी गराउन आग्रह गरेका छन्।

यसपालिको निर्वाचन यसअघिको निर्वाचनजस्तो हैन, यो देशको स्वाभिमानसँग जोडिएको निर्वाचन हो। राष्ट्रको भविष्य कस्तो बनाउने भन्ने प्रश्न भएकोले देश बिग्रन नदिन, सार्वभौमसत्ता कमजोर हुन नदिनका लागि, मिचिएको भूमि फिर्ता ल्याउनका लागि नेकपा एमालेलाई विजयी गराउनुपर्ने बताएका छन्। 

एमालेको पालामा भएका विकासले देशको समृद्धिको खाका कोरेको देख्दा वर्तमान गठबन्धनले उल्टै प्रभावकारी बजेट कटाउने काम गरेको आरोप लगाएका छन्।

कांग्रेसले लामो समयसम्म देशको कार्यकारी भूमिकामा रहे पनि देशको लागि एउटा पनि प्रभावकारी काम गर्न नसकेको आरोप लगाए। राज्यको ढुकुटी लुट्न गठबन्धन सरकार बनेको छ। 

अहिलेको गठबन्धन जनताका लागि नभई व्यक्तिगत स्वार्थ र देशको आर्थिक अवस्था झन् कमजोर बनाउनेतर्फ अग्रसर भएको ओलीको आरोप छ। 

३ सय ९६ अस्पताल बन्न दिइएको छैन, हरेक पालिकामा जोड्न सडक उद्घान भयो बन्न दिइएको छैन। फुटेका हाँडी जोडेर महल बन्न नसक्ने भन्दै एमालेलाई मतदान गर्न ओलीले आग्रह गरेका छन्। 

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावीसभालाई सम्बोधन गर्न दैलेखको चामुण्डा आएका पूर्वप्रधानमन्त्री ओलीले देशको अर्थतन्त्र बरबाद हुँदै गएको, काम गरेको विकासको भुक्तानी सरकारले दिन नसकेको बताएका छन्।

देशको स्वाभिमानको रक्षा गर्नुपर्नेछ, गुमेको भूभाग फिर्ता ल्याउनुछ, यसका लागि पनि एमालेलाई मतदान गर्न ओलीले आग्रह गरेका छन्। 

‘दैलेखको विकासको जिम्मा म लिन्छु’ 

ओलीले दैलेखको विकासको जिम्मा आफूले लिने बताएका छन्। दैलेखमा उत्खननको प्रक्रियामा रहेको पेट्रोलियम पदार्थ मंसिर ४ पछि हुने आफ्नो नेतृत्वको सरकारले उत्खनन गर्ने बताउँदै दैलेखका उम्मेदवारलाई विजय गराएर जनताले पठाएको खण्डमा दैलेखको विकासको जिम्मा आफूले लिने बताएका हुन्। 

सयौँ वर्षदेखि ज्वाला बलेको अन्य पार्टीहरूले देखेनन्, म आफैँ आएँ, अनुसन्धान गरेँ, दैलेखमा भएको पेट्रोलियम अनुसन्धान र अन्वेषण गर्ने काम एमाले सरकारले गरेको र दैलेखमा भएको ग्यास उत्खनन गरेर आफ्नै देशको पेट्रोलियम उत्पादन र उपभोग गर्ने, बचेको अन्य देशमा बिक्री गर्ने र देशलाई समृद्ध मुलुक बनाउने अभियान थाल्ने बताए। 

मंसिर ४ पछिको सरकार आफूले नेतृत्व गर्ने भएकोले दैलेखका सबै उम्मेदवारहरूलाई विजयी गराउन ओलीले आग्रह गर्दै भने, ‘तपाईं दैलेखका उम्मेदवारहरूलाई विजयी गराएर पठाउनुहोस्, दैलेखको विकासको जिम्मा मेरो भो।’