१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ कार्तिक २७ आइतबार १९:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रिय आवश्यकताका लागि गठबन्धन : चित्रबहादुर केसी

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २७ आइतबार १९:१७:००

राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय आवश्यकताका निम्ति गठबन्धन भएको बताएका छन्। बाग्लुङको जैमिनी नगरपालिका- ८ छिस्तीको चुनावी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियताको रक्षाका निम्ति नै गठबन्धन गरिएको बताए। 

बाग्लुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका केसीले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्ध रहेको बताए। उनले दुईतिहाइको सरकार हुँदा नेकपा एमालेले संविधानको मर्मअनुरूप काम गरेको हुँदा संविधान र गणतन्त्रको रक्षाका निम्ति गठबन्धन आवश्यक रहेको बताए। 

केसीले मुलुकको सार्वभौसत्तामा खलबल आउने काममा सक्रिय तत्वलाई अहिलेको चुनावबाट पराजित पार्ने बताए। केसीले नेकपा एमाले गणतन्त्र विरोधी दलसँग साँठगाठ गरी देशमा पुन राजतन्त्र फर्काउनतर्फ लागेको आरोप लगाए। केसीले मतदातासँग अन्तर्क्रिया गर्दै बाग्लुङको विकासका निम्ति आफूले केन्द्रबाट भूमिका खेल्ने बताए। 

‘हिजो हाम्रो पालामा के कति विकास गर्न सकियो,’ केसीले भने, ‘केही गरेन भन्नेलाई अबको पाँच वर्ष गरेर देखाउनुछ। कालिगण्डकी करिडोरलाई दक्षिण बाग्लुङ हुँदै लाने कुरामा प्रकाशजी र मैले नै जोड गरेकै हौँ, हामी सस्तो लोकप्रियताका लागि प्रचारप्रसार गरेनौँ, अब पनि काम गर्ने हो कुनै बढी प्रचार गर्नुछैन।’