Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
जोई म्याकारोन
२०७५ पौष ९ सोमबार ०७:३५:००
Read Time : > 1 मिनेट
दृष्टिकोण

सिरियाबाट अमेरिका किन पछि हट्यो ?

Read Time : > 1 मिनेट
जोई म्याकारोन
२०७५ पौष ९ सोमबार ०७:३५:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय लिएका छन् । अमेरिकी आन्तरिक राजनीतिक संयन्त्र तथा कंग्रेसले रुसदेखि साउदी अरबियासम्मका प्रमुख विदेश नीति चुनौती सम्हाल्न राष्ट्रपति ट्रम्पलाई दबाब दिँदै आएका छन् । तर, सिरियाली मामिलामा भने ट्रम्प भित्रभित्रै योजना बनाएर अगाडि बढेका छन् । बाहिरी देशमा अमेरिकी प्रभाव सीमित गर्न ट्रम्पले आफ्नो कार्यकारी अधिकार प्रयोग गरेका छन् । 

जाेर्इ म्याकाराेनट्रम्पको पछिल्लो निर्णयअनुसार आउँदो सय दिनभित्र अमेरिकाले उत्तरी सिरियामा रहेका दुई हजार अमेरिकी सेनालाई स्वदेश फिर्ता बोलाउनेछ । तर, ट्रम्पको यस निर्णयले अमेरिकी मित्रराष्ट्र तथा शत्रुलाई समेत अनिश्चिततामा छाडेको छ । यतिवेला ट्रम्पले यस्तो निर्णय लिनुको न कुनै सान्दर्भिकता देखिएको छ, न त औचित्य नै । अमेरिकामा आफूविरुद्धको कानुनी समस्याबाट दिग्भ्रमित गर्न ट्रम्पले यस्तो निर्णय लिएको विश्लेषण पनि भइरहेको छ । गत शुक्रबार टकिस राष्ट्रपति रिसेप तैयप इड्रोगानसँगको वार्तालापपछि ट्रम्पबाट यस्तो निर्णय भएको प्रतिक्रिया कतिपय विश्लेषकको छ । यी विश्लेषणका अलावा सिरियामा अझै पनि अमेरिकी सेना राख्नुको कुनै आर्थिक तथा रणनीतिक लाभ नदेखेपछि पछिल्लो समय ट्रम्पले सेना फिर्ता बोलाउने अभिव्यक्ति दिँदै आएका थिए । गत मार्चमा अमेरिकी सैन्य बलको एक -यालीलाई सम्बोधन गर्ने क्रममा सिरियाबाट अमेरिकी सेना छिटै फर्किने घोषणा उनले गरेका थिए । तर, सिरियामा रहेका स्लामिक स्टेट (आइएस) लडाकुलाई परास्त गरेपछि मात्रै सेना फिर्ता गरिने उद्घोष ट्रम्पको थियो । यस कार्यका लागि गत अप्रिलमा ट्रम्पले ६ महिनाभित्र आइएसलाई निमिट्यान्न बनाउने समय तोकेका थिए । 

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने राष्ट्रपति ट्रम्पको निर्णयले अमेरिकी मित्र तथा शत्रुराष्ट्रलाई समेत अनिश्चिततामा छाडेको छ 
 

डिसेम्बरको सुरुवाती दिनमा अमेरिकाले समर्थन गरेको कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सले आइएसको कब्जामा रहेको अन्तिम सहर हाजिनलाई निणन्त्रणमा लिएपछि आइएस पराजित भएको निष्कर्ष अमेरिकाले निकाल्यो ।  यसैलाई आधार बनाएर ट्रम्पले अमेरिकी सेनालाई स्वदेश फिर्ता गर्ने समय आएको निष्कर्ष निकालेका हुन् । तर, आफ्नै प्रशासनका रक्षामन्त्री जेम्स म्याटिस र राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई समेत अलग्याएर ट्रम्पले यस्तो निर्णय लिएका छन् । सिरियामा अझै पनि अमेरिकी सेना राख्नुपर्ने तर्क बोल्टन र म्याटिसको थियो । ट्रम्पको निर्णयबाट बोल्टन असन्तुष्ट भएका छन् भने रक्षामन्त्री म्याटिसले राजीनामा नै दिइसकेका छन् ।

विगत ७ वर्षयता सिरियालक्षित अमेरिकी विदेश नीति नाटकीय रूपमा असफल भएको तथ्यलाई पनि महŒवसाथ हेर्न जरुरी छ । टर्की र कुर्दलाई सन्तुलनमा राखेर उत्तरी सिरियाको दीर्घकालीन स्थायित्वको प्रत्याभूति गराउन पनि ट्रम्प प्रशासन असफल रह्यो । अर्कातर्फ, सिरियाली मुद्दालाई लिएर अमेरिकाले रुससँग न सम्झौता गर्न सक्छ, न त लड्न नै । साथै, सिरियाली मुद्दा समाधानका लागि संयुक्त राष्ट्रसंघ नेतृत्वको राजनीतिक प्रक्रिया अघि बढाउन पनि अमेरिका असफल भयो ।  सिरियाबाट पछि हट्ने ट्रम्पको निर्णयबाट अमेरिकी गुट राष्ट्र भने सन्तुष्ट छैनन् । अनि, ट्रम्पको कदमले उत्तरी सिरियाको समस्या समधानको बोझ रुस र टर्कीको काँधमा थोपरिदिएको छ । 

(लेखक अरब सेन्टर वासिङटन डिसी नामक अनुसन्धान संगठनका शोधकर्ता हुन्) 
अलजजिरा डट कमबाट