Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २७ आइतबार १७:५४:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अभिनेत्री सबाना आजमीले रंगमञ्चको ‘मास्टरक्लास’ दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २७ आइतबार १७:५४:००

भारतकी सुप्रसिद्ध रंगकर्मी तथा अभिनेत्री सबाना आजमी नेपाल आउने भएकी छिन्। उनी दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२)मा विशेष अतिथिको रूपमा सहभागी हुन काठमाडौं आउन लागेकी हुन्।

आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उद्घाटनमा विशेष अतिथिको रूपमा आयोजक मण्डला थिएटरले रंगमञ्च र चलचित्रमा सुप्रसिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो। सामाजिक रूपान्तरणको लागि रंगमञ्चः विविधिताको उत्सव भन्ने नाराका साथ हुन लागेको यस महोत्सवमा उनले नेपाली रंगकर्मी तथा कलाकारहरूलाई ‘मास्टरक्लास’ पनि दिनेछिन्।
 
मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७ः३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ। त्यस्तै, अभिनेत्री सबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटिभ आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गरिनेछ।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरूमध्ये एक सबानाले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाइसकेकी छिन्। विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्मश्री’ र सन् २०१२ मा ‘पद्म भूषण’बाट सम्मान गरेको थियो।

मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन्। महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश हुनेछन्।