मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २७ आइतबार १३:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

उपत्यकामा भएको सडक दुर्घटनामा दुईको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २७ आइतबार १३:०८:००

काठमाडौं उपत्यकामा भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा बरियारपुरका ४४ वर्षीय रामबाबुप्रसाद कुसहाव र काभ्रे पाँचखाल नगरपालिका– १ का २३ वर्षीय सन्दीप बस्नेत रहेका छन्।

कुसहावलाई आइतबार बिहान बागमती प्रेदश–०२–०१९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। पैदलयात्री उनको आइतबार बिहान राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलचालकको ब्लुक्रस अस्पताल त्रिपुरेश्वरमा उपचार भइरहेको छ। 

त्यस्तै, काभ्रे पाँचखालका बस्नेतको सल्लाघारीस्थित डा. इवामुरा अस्पतालमा मृत्यु भएको थियो। उनी सवार प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई भक्तपुर नगरपालिका– १ च्यांगा गणेश मन्दिरनजिक बा.७च ०८१५ नम्बरको कारले ठक्कर दिएको थियो। घाइते भएका उनलाई उपचार गर्न इवामुरा अस्पताल लगिएको थियो। कारचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।