मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक २६ शनिबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नुवाकोटमा अधिकांश मतदानस्थल संवेदनशील

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २६ शनिबार १८:१४:००

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभा सदस्य निर्वाचनका लागि जिल्लाका अधिकांश मतदानस्थललाई संवेदनशीलमा राखिएको छ। जिल्ला सुरक्षा समितिको बैठकले ५२ मतदानस्थललाई अतिसंवेदनशील, ५७ मतदान केन्द्र र २३ मतदान केन्द्र सामान्य भनेर वर्गीकरण गरेको हो।

यहाँ एक सय ३२ मतदानस्थल र दुई सय ८८ मतदान केन्द्र निर्धारण गरिएको छ। सुरक्षा समितिको बैठकले भौगोलिक विकटता, विगतको निर्वाचनमा भएका विवाद र निर्वाचन विरोधी गतिविधि, आपराधिक व्यक्तिको प्रयोग हुन सक्ने अवस्था, जातीयता–क्षेत्रीयता–साम्प्रदायिकताजस्ता आधारमा मतदानस्थलको वर्गीकरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए। 

संवेदनशीलताको आधारमा सुरक्षाकर्मी परिचालन र केही समस्या आएमा तत्काल पुग्नका लागि टोली परिचालन गर्न सहज बनाउन मतदानस्थलको वर्गीकरण गरिएको सहायक प्रजिअ अर्यालको भनाइ छ। ककनी र बेलकोटगढी नगरपालिका तथा किस्पाङ, पञ्चकन्या, तारकेश्वर, म्यागङ र शिवपुरी गाउँपालिकाभित्रका सबै मतदानस्थललाई अतिसंवेदनशील तथा संवेदनशीलमा राखिएको छ।

विदुरमा एक अतिसंवेदनशील, दश संवेदनशील, १५ सामान्य, ककनीमा सात अतिसंवेदनशील, चार संवेदनशील, बेलकोटगढीमा १२ अति संवेदनशील, चार संवेदनशील, तारकेश्वरमा दुई अतिसंवेदनशील, छ संवेदनशील, म्यागङमा दुई अति संवेदनशील, पाँच संवेदनशील र किस्पाङमा तीन अतिसंवेदनशील तथा तीन संवेदनशील मतदानस्थल रहेका छ।

यस्तै, दुप्चेश्वरमा १० अतिसंवेदनशील, तीन संवेदनशील र तीन अतिसंवेदनशील, पञ्चकन्यामा दुई अतिसंवेदनशील र चार संवेदनशील, शिवपुरीमा पाँच अतिसंवेदनशील र छ संवेदनशील, तादीमा एक संवेदनशील, पाँच संवेदनशील र एक सामान्य, सूर्यगढीमा चार अतिसंवेदनशील, चार संवेदनशील र दुई सामान्य तथा लिखुमा एक अतिसंवेदनशील, तीन संवेदनशील र तीन सामान्य मतदास्थल रहेका छन्।