१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २६ शनिबार १५:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बदर मत रोक्न बारामा नमुना मतदान

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २६ शनिबार १५:५५:००

आसन्न मंसिर ४ मा हुने संघ र प्रदेशको निर्वाचनमा त्रुटि हुन नदिन नमुना मतदान गरिएको छ। मतदानमा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई निर्वाचनमा हुन सक्ने त्रुटिलाई नमुना मतदानमार्फत देखाइएको छ। 

बाराका चारवटै संघीय निर्वाचन क्षेत्रमा जिल्ला निर्वाचन कार्यालयले कर्मचारी एवं सुरक्षाका विषयमा खटिने कर्मचारीलाई तालिम दिएको छ। तालिमपश्चात मतदानमा हुन सक्ने त्रुटिलाई नमुना मतदानद्वारा प्रदर्शनीसमेत गरिएको थियो। 

यसपटक मतपत्रको ढाँचा फरक भएकोले ठिक ढंगले मतदान गर्न सिकाउने उद्देश्यले नमुना मतदान गरिएको निर्वाचन कार्यालयले जनाएको छ। कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत, निर्वाचन कार्यालयका कर्मचारी, म्यादी प्रहरीको उपस्थिति थियो।