मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २४ बिहीबार २०:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिङ्देनकाे आग्रह- डुब्न लागेको देश बचाउने जिम्मेवारी दिनुस्

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २४ बिहीबार २०:३८:००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले डुब्न लागेको देश बचाउने जिम्मेवारी दिन आग्रह गरेका छन्। 

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ४ जुरेलीमा आयोजना गरिएको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन्।

उनले पुराना दलका नेताहरूले देश डुबाउन लागेको आरोप लगाउँदै फेरि पनि तीनै दलका नेताहरूलाई जिताउने हो भने देश पक्का डुब्ने दाबी गरे। ‘जो पटक-पटक असफल भएका छन् फेरि पनि उनीहरूले नै मौका पाएका छन्। अब पनि उनीहरूले नै अवसर पाउने हो भने हाम्रै आँखाअगाडि देश डुब्छ। त्यसपछि हामीले टुलुटुलु हेरेर बस्नुको विकल्प हुन्न,’ अध्यक्ष लिङ्देनले भने। 

उनले ३ दशकदेखि सीमित दल र नेताले मुलुकलाई आफ्नै फाइदाका लागि प्रयोग गरेको दाबी गर्दै जनताको पक्षमा केही नगरेको र फेरि पनि केही नगर्ने दाबी गरे।

‘गरेको भए पनि उनीहरूले आफ्नै नातागोताका लागि गरेका होलान्। जनताका लागि छैन र गर्दैनन् पनि। त्यसकारण मुलुकलाई दलदलबाट निकाल्ने हो भने राम्रा उम्मेदवारलाई चुनौँ,’ उनले आग्रह गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनजातिप्रति अनुदार भनेर भ्रम फैलाइएको भन्दै उनले राप्रपाको अध्यक्ष जनजातिकै छोरा भएको उल्लेख गरे। 

उनले जनताले पत्याए प्रधानमन्त्री भएर मुलुकलाई समृद्ध बनाउने दाबी पनि गरे। ‘प्रतिनिधिसभामा ५ वर्ष एक्लै भए पनि राष्ट्रियता र जनताको पक्षमा वकालत गरेको हुँ, अवसर दिनुस् जनताको लागि काम गर्छु,’ लिङ्देनले भने।