मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २४ बिहीबार ०९:३७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पारिवारिक सपिङका लागि मेलान्ज स्टोर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २४ बिहीबार ०९:३७:००

नेपालमा छोटो समयमै ग्राहकको रोजाइमा पर्न सफल छ, ‘मेलान्ज स्टोर’ । यो मल्टी ब्रान्ड स्टोरमा महिला, पुरुष र बालबालिकाका लागि सहज हुने गरी विभिन्न ब्रान्डका कपडा उपलब्ध छन् ।

ग्राहकको रोजाइलाई ध्यानमा राखेर हाई क्वालिटीका कपडासहित जुत्ता–चप्पल, ब्याग, पर्स, घडी, टाई, बेल्टलगायत सामग्री यहाँ सुपथ मूल्यमा पाइने मेलान्जकी कार्यकारी निर्देशक रुबी रिजाल लोहनीले बताइन् । ‘मेलान्ज पारिवारिक सपिङ स्टोर हो । जहाँ तपाईंले सुपथ मूल्यमा आवश्यक सामान पाउनुहुन्छ । एकै ठाउँमा धेरै सामान किन्न पाइने भएकाले तपाईंको समय पनि बचत हुन्छ,’ उनले भनिन् । 

यस स्टोरले विगत ६ वर्षमा काठमाडौंको कमलपोखरीको सिटी सेन्टर, पेप्सीकोला सनसिटी, धनगढी, इटहरीलगायतका स्थानमा ग्राहकलाई सेवा दिँदै आइरहेको छ । गृहिणीका इच्छालाई प्राथमिकतामा राखेर मेलान्ज स्टोरलाई उपत्यकाबाहिर पनि विस्तार गरेको लोहनीले बताइन् । उनी भन्छिन्, ‘महिला तथा बालबालिकाले जुत्ता, स्यान्डल, झोला, बेल्ट लगाउन खोज्छन् ।

त्यसैले मेलान्जमा लेडिज, जेन्स र बच्चाका लुगा कपडा, ब्याग, पर्स, पफ्र्युम, जुत्तालगायत सबै उपलब्ध छ । मेलान्जले ग्राहकको चाहनाअनुसार विविधता बढाउँदै लगेको छ ।’