१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
रासस/एएफपी बेलायत
२०७९ कार्तिक २४ बिहीबार ०८:१०:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बेलायती राजा चार्ल्समाथि अन्डा प्रहार प्रयास    

Read Time : < 1 मिनेट
रासस/एएफपी बेलायत
२०७९ कार्तिक २४ बिहीबार ०८:१०:००

बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इंग्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अन्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उनकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अन्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् ।

एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो र त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका देखाइएको छ । घटनास्थलमा रहेका पत्रकारका अनुसार प्रदर्शनकारीले शाहीदम्पतीमाथि अन्डा प्रहार गर्नुअघि उनीविरुद्ध असन्तुष्टि व्यक्त गरेका थिए ।

भ्रमणका लागि ऐतिहासिक मिक्लेगेट बारमा भेला भएको भिडमा अन्य मानिसले आक्रमणकारीप्रति आक्रोश व्यक्त गर्दै उनलाई लाज नभएको मान्छे भनेका थिए । उनीहरूले राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भनेका थिए ।    

प्रहरीले संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको बताइएपछि बेलायती राजा चार्ल्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क सहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी भएका थिए ।  

बेलायती सञ्चारमाध्यमले आक्रमणकारीलाई पूर्वग्रिन पार्टीका उम्मेदवार र हाल अस्तित्वमा नरहेको विद्रोही वातावरणीय विरोध समूहका कार्यकर्ताको रूपमा चिनाएका छन् ।  

राजा चार्ल्सकी आमा महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको सालिकको अनावरणमा सहभागी हुन राजपरिवार उक्त ऐतिहासिक सहरमा पहिलोपटक पुगेको थियो ।  

चार्ल्सले मंगलबार नजिकैको लिड्स सहरमा रहेका कलाकारलाई भेटेका थिए । उनले दासप्रथाबारे बेलायतको भूमिका विषयक एक कार्यक्रममा सहभागी हुँदै यस विषयमा खुला बहस चलाउन आफू तयार रहेको बताएका थिए ।