१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २३ बुधबार २०:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २३ बुधबार २०:३५:००

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। नाम्खा गाउँपालिका– ५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो।

यारीका लागि गएको बा१८च १४१७ नंको बोलेरो जिप बुधबार ११ बजे दुर्घटना हुँदा नाम्खा गाउँपालिका– ५ यारी गाउँका २८ वर्षका कुङ्गा तान्जेन लामाको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेमा नाम्खा गाउँपालिका–५ यारीगाउँका ३१ वर्षका जिक्मेत तामाङ र चालक नाम्खा गाउँपालिका–१ को हेक्पागाउँका २२ वर्षका कुन्जोक लामा रहेका छन्। चालक लामा सामान्य घाइते भएका छन्। स्टेरिङ फेल भएपछि सडकबाट तीन सय मिटर तल जिप खसेको प्रहरीले जनाएको छ।

घाइते दुुवैजनालाई हेलिकोप्टरबाट उद्धार गरी सदरमुुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। घाइते एकको टाउकामा चोट लागेको छ भने एकको अवस्था सामान्य रहेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताए।