१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २३ बुधबार १७:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

थपलियाकाे चेतावनी-  हामी ‘मिसिन गन’ बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २३ बुधबार १७:५८:००

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताएका छन्।  

बुधबार आयोगको कार्यालयमा युवाहरूसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरूको साथ आवश्यक रहेको बताएका हुन्। 

उनले आयोग निर्वाचन स्वतन्त्र, भयरहीत, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरुपि मिसिन गन बोकेर मैदानमा खटेको बताए। उनले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गरे। 

उनले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका दलहरूप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रूपमा गुलेली नचलाउन चेतावनी दिए।
 
प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको महाअभियानमा अब सबै सरिक भई महासागरमा मिसिने खहरेहरूलाई पनि सँगै लैजान आवश्यक रहेको बताए। 

उनले निर्वाचनको विरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलहरूप्रति लक्षित गर्दै खहरेहरू महासागरमा मिसिँदा केही धमिलो भए पनि मंसिर ४ पछि आफैँ संलिएर जाने बताए। 

‘निर्वाचन सम्पन्न गर्नको निम्ति हामी एक किसिमले मिसिन गन बोकेर फिल्डमा उत्रिएका छौँ। अहिले हामी मैदानमा छौँ, यो निर्वाचनको मिसिन गन बोकेर। कहीँकतै कुनाबाट गुलेली ताक्नेहरू पनि हुन सक्छन्, त्यसलाई हेर्दिने काम युवाहरूको हो। तपाईंहरूले पत्ता लगाइदिनुपर्‍यो। अनावश्यक रूपमा गुलेली चलाएर मट्यांग्राको सत्यनाश नगरिदिनुस् भनेर तपाईंहरूले भनिदिनुपर्‍यो। केही असन्तुष्टि होलान्, चित्त नबुझेका कुरा होलान्, त्यसलाई हामीले मिलाउँदै जाने हो। महासागरमा खहरेहरूलाई मिसाएर जाने हो, खहरेहरु अलिकति धमिला हुन्छन्, एकछिन मिसिएपछि फेरि सफा भइहाल्छन्, ४ गतेभित्र सबैलाई सफा पार्नुपर्छ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि संसदीय समितिले १५ दिनअघिबाट नै मदिरा निषेध गर्नुपर्छ भने पनि आयोगले भने तीन दिनअघिबाट मात्रै मदिरा बिक्री वितरणलगायतको सम्पूर्ण कार्यहरू रोक्न आग्रह गरेको बताए।