मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ कार्तिक २३ बुधबार १५:४६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सेमिफाइनल भिडन्त : न्युजिल्यान्डले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २३ बुधबार १५:४६:००

आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल खेल चलिरहेको छ । अस्ट्रेलियाको सिड्नीमा जारी खेलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ५२ रन बनायो । उसका लागि डेरियस मिचेलले ५३ र केन विलियम्सले ४६ रनको योगदान दिए । 

न्युजिल्यान्डलाई मध्यम स्कोरमा रोक्न पाकिस्तानका साहिन अफ्रिदीले मुख्य भूमिका खेले । उनले चार ओभरमा २४ रन मात्र दिएर दुई महत्वपूर्ण विकेट लिए । अफ्रिदीले पहिलो ओभरमै फिन एलेनलाई एलबिडब्लू धरापमा पारेका थिए ।