१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक २३ बुधबार ११:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २३ बुधबार ११:४३:००

अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी बर्दिया गुलरिया नपा– १२ का इदु शाहीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएका प्रहरी टोलीले उनलाई मंगलबार गुलरियाबाट पक्राउ गरेको हो ।

उनीविरुद्ध उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा  चार लाख ९० हजार दश रुपैयाँ जरिवाना ठहर गरेको थियो । गत ४ वैशाखमा भएको फैसलालगत्तै उनी फरार थिए ।

खोजीको  क्रममा उनी गुलरिया लुकिछिपी बस्ने गरेको खुलेपछि प्रहरी निगरानीमा थियो । यही क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । सजाय भुक्तान गर्न उनलाई प्रहरीले जिल्ला अदालत बर्दिया पेस गरेको थियो । तर, रकम भुक्तान गर्न नसकेपछि उनलाई  जिल्ला कारागार बर्दिया चलान गरिएको प्रहरीको  भनाइ छ ।