मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २२ मंगलबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भैरहवा भन्सार कार्यालयले समात्यो २ करोड रुपाैयाँका अवैध सामान

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २२ मंगलबार १७:४९:००

भैरहवा भन्सार कार्यालय रुपन्देहीले कपिलवस्तु जिल्लाबाट २ करोड बढीको भन्सार छलेका समान बरामद गरेको छ। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर भन्सार छली गरेको समान भन्सार विभागसँगको समन्वयमा बरामद गरी भैरहवा भन्सार कार्यालय ल्याइएको प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले जानकारी दिए। 

मंगलबार बिहान ४ बजे गोप्य सूचनाको आधारमा कपिलवस्तुको चाकरचौराह मायादेवी ८ पकुर्ल भन्ने स्थानबाट पाँचवटा पिकअपबाट तस्करी हुँदै गरेको अवस्थामा अवैध सामान बरामद गरिएको उनले बताए। 

‘सूचनालाई पछ्याउँदै जाँदा कार्यक्षेत्रभन्दा बाहिर पुग्नुपर्ने अवस्थामा भन्सार विभागसँग समन्वय गरेर अवैध सामान बरामद गरेका हौँ,’ पौडेलले भने। बरामद गरिएका सामानहरूमा लत्ताकपडा, जुता चप्पल , खैनी सुर्ती, खेलौना, अबिर, अन्य प्याकिङहरू रहेका छन्।