१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २२ मंगलबार १६:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडामाथि हातपात

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २२ मंगलबार १६:३१:००

मकवानपुरको प्रतिनिधिसभा २ का उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ। एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहेका खतिवडामाथि मनहरी गाउँपालिका– ४ स्थित मसिने गोलघरमा भएको चुनावी कार्यक्रममा सहभागी हुन जाने क्रममा हातपात भएको हो।

हातपातमा संलग्न भएका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । ती व्यक्ति हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ का अन्दाजी ५५ वर्षीय पुरुषोत्तम खड्का रहेको प्रहरीले जनाएको छ।

डिएसपी कार्कीले खड्काले मादकपदार्थ सेवन गरेको पाइएको छ र पुरानो रिसइबीका कारण हातपात भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको बताए। घटनाका विषयमा बुझ्न खोज्दा उम्मेदवार खतिवडाको फोन सम्पर्क हुन सकेन। घटनापछि चुनावी कार्यक्रम भने सहज रूपमा चलेको प्रहरीले जनाएको छ।