१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ कार्तिक २२ मंगलबार १०:२६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवाको एकै दिन ३५ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २२ मंगलबार १०:२६:००

कामना सेवा विकास बैंकले स्थापनाको १६औँ वार्षिकोत्सवको अवसर पारेर एकै दिन ३५ ठाउँमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । स्थापना दिवस साप्ताहिक रूपमा मनाउने क्रममा बैंकले पहिलो दिन सातै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले स्थापना सप्ताहका रूपमा देशव्यापी रूपमा सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम पनि राखेको जनाएको छ । 

बैंकले स्थापनाको १६औँ वर्षसम्मको यात्रामा साथ दिने ग्राहक, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।