मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०९:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

व्यवसायी र उपकरणको सुरक्षा गर्न निर्माण व्यवसायी महासंघको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २२ मंगलबार ०९:१७:००

निर्माण व्यवसायीहरू र तिनका उपकरणमाथिको आक्रमण नरोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै देश निर्माण व्यवसायी र तिनका उपकरणमाथि आक्रमण भएकोमा भत्र्सना गरेका हुन् । 

गत १४ कात्तिकमा ओखलढुंगा जिल्लामा पर्ने वाङ्गेखोला, केउरिनिटार शाखा सडक मर्मत योजनामा प्रयोग भइरहेको एस्काभेटरमा आगजनी गरिएको महासंघले जनाएको छ । ओखलढुंगा निर्माण व्यवसायी संघका सदस्य सिर्जनशील कन्स्ट्रक्सन प्रालि काठमाडौंको स्वामित्वमा रहेको बा.३क ४३०६ नम्बरको एस्काभेटरमा चिसङ्खगढी गाउँपालिका वडा नम्बर–२ मा अज्ञात समूहबाट आगजनी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विगतमा समेत हुने गरेका यस किसिमका अराजक क्रियाकलापको महासंघले कडा शब्दमा भत्र्सना गर्दै, पीडित निर्माण व्यवसायीलाई क्षतिपूर्तिसहित दोषीउपर कडा कारबाहीको माग गर्दै आएको छ । तर, त्यसको ठोस सुनुवाइ नभएकाले नै निर्माण व्यवसायीहरू निरन्तर मारमा पर्दै आएको महासंघको भनाइ छ । 

निर्माण व्यवसायी र तिनका उपकरणको पूर्ण सुरक्षाका लागि महासंघले प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरूलगायत सरोकारवाला सबैको लगातार गम्भीर ध्यानाकर्षण गराउँदै आएको उल्लेख छ । महासंघले पीडित निर्माण व्यवसायीलाई तत्काल क्षतिपूर्ति दिलाउन र घटनामा संलग्न आपराधिक समूहलाई कडाभन्दा कडा कानुनी कारबाहीका लागि नेपाल सरकारसँग माग गरेको छ । 

‘शान्तिपूर्ण र सुरक्षित वातावरणविना विकास निर्माणका काममा गम्भीर असर पर्ने मात्र नभई निर्माण उद्योगसमेत धराशायी हुने र यसमा आबद्ध हजारौँ व्यवसायी पेसाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ । विगतमा झैँ आफ्नो सहिष्णुतालाई कमजोरीका रूपमा लिए देशभरका निर्माण व्यवसायी र तिनका उपकरणको सुरक्षाको मागसहित महासंघ देशव्यापी प्रदर्शनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।