मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २१ सोमबार २१:२५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चुनावी वातावरण बिथोल्न सक्ने देखिएपछि २९ हजार लिटर घरेलु मदिरा नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २१ सोमबार २१:२५:००

निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण रोक्ने अभियानमा रहेको नेपाल प्रहरीले झन्डै २९ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । नष्ट गरिएकोमध्ये १६ हजार पाँच सय ३० लिटर कच्चा पदार्थ र १२ हजार तीन सय ५३ लिटर तयारी मदिरा छ । 
प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले कच्चा पदार्थ र तयारीसहित २८ हजार आठ सय ८३ लिटर घरेलु मदिरा नष्ट गरिएको जानकारी दिए । काठमाडौंका काँठ र बौद्ध क्षेत्रबाट धेरै घरेलु मदिरा बरामद भएको प्रहरीले जनाएको छ । 

मदिराले निर्वाचनको वातारणसमेत बिथोल्न सक्ने देखिएपछि कारबाहीमा उत्रिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनले भने, ‘ठूलो मात्रामा घरेलु मदिरा नष्ट गरिएका छन् । मापसे गरी सवारी दुर्घटना भएको भेटियो । झैझगडा गरी समाजमा अशान्ति मच्चाउने, घरेलु हिंसा गर्ने र आफन्तलाई समेत धारिलो हतियार प्रहार गरी ज्यान लिनेसम्मका घटना भएका पाइयो । त्यसो हुँदा घरेलु मदिरा नियन्त्रणमा प्रहरी उत्रिनुपर्यो । यो अभियान अझ कडा परिनेछ ।’