१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २१ सोमबार ०९:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीले गण्डकीलाई ६९ रनले हरायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २१ सोमबार ०९:३२:००

सुसन भारीले उत्कृष्ट बलिङ गरेपछि त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ६९ रनले पराजित गरेको छ । दोस्रो जितसँगै आर्मीले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल सम्भावना बलियो बनाएको छ । तीन खेलमा आर्मी चार अंकसहित तेस्रो स्थानमा छ । समूहका चारै खेल खेलिसकेको गण्डकी पाँच अंकसहित दोस्रो स्थानमा छ । शीर्ष स्थानमा ७ अंक बनाएको एपिएफ क्लब सेमिफाइनल पुगिसकेको छ । अब आर्मीले अन्तिम खेलमा जित निकाले अन्तिम चार स्थानमा पुग्नेछ । हारले गण्डकीको भाग्य चम्किनेछ ।  

सुसनको बलिङको प्रभाव
एक सय ६६ रनको लक्ष्य पछ्याएको गण्डकी ३३.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९६ रनमा समेटियो । प्लेयर अफ दी म्याच २७ वर्षीय सुसन चम्किएपछि सामान्य लक्ष्य पछ्याएको गण्डकीका कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट इनिङ खेल्न सकेनन् । ओपनर समीर कँडेलले सर्वाधिक ३९ रन बनाए । 

बलिङतर्फ सुसनले सर्वाधिक पाँच विकेट लिए । ९ ओभर बलिङ गरेका सुसनले दुई मेडन राख्दै १४ रन मात्रै खर्चिए । सुसनले गण्डकीका दुई खेलाडीलाई शून्यमा धराशायी बनाएका थिए । आर्मीले कप्तान विनोद भण्डारीको अर्धशतक मद्दतमा ४७.४ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६५ रन बनायो ।  विनोदले ७९ बलमा चार चौका र दुई छक्कासहित ५४ रन बनाए ।