मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २० आइतबार १२:४६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल्टिनमा राखिएको पानीमा डुबेर चार वर्षीय बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २० आइतबार १२:४६:००

गौशाला चोकस्थित तुलसी गेस्टहाउसको कौसीमा राखिएको पानीमा डुबेर चार वर्षीय बालकको मृत्यु भएको छ। बाँके बैजनाथ– ३ का ३० वर्षीय राजबहादुर चौधरीका चार वर्षीय छोरा आरोजको मृत्यु भएको हो।

प्रहरीका अनुसार कौसीमा भरेर राखिएको बाल्टिनको पानीमा आरोज डुबेका थिए। शनिबार दिउँसो खेल्ने क्रममा बाल्टिनको पानीमा डुबेका उनलाई उपचार गर्न सिनामंगलस्थित केएमसी अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। उनी बुबा राजबहादुरसँगै गेस्टहाउसमा बस्दै आएका थिए।

त्यसैगरी, ताप्लेजुङ मेरिङदेन गाउँपालिका– १ थुङथापका ३५ वर्षीय भीमहाङ लिम्बूको मैवा खोलामा माछा मार्ने क्रममा डुबेर शनिबार बिहान मृत्यु भएको छ।

खोलामा डुबेका उनी एकाएक  बेपत्ता भएका थिए। खोजी गर्ने क्रममा उनको शव मैवाखोला– ६ पाँचऔँला कुदोस्थित सोही खोलामा फेला परेकाे थियो।