मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ कार्तिक २० आइतबार १२:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २० आइतबार १२:१८:००

भक्तपुर मध्यपुर ठिमी नगरपालिका– १ लोकन्थली चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गट्ठाघर बस्दै आएका सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका– २ का २७ वर्षीय पुण्यबहादुर बोहरा रहेका प्रहरीले जनाएको छ।

प्रदेश ३–०२–०१२ प ६३३५ नम्बरको मोटरसाइकलचालक उनी सडकको रेलिङमा शनिबार राति ठोक्किएका थिए। घाइते भएका बोहरालाई उपचारका लागि नागरिक अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।