१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बौद्धिक वर्गलाई पलायन गरी सामान आयात गरिँदै छ, ‘ब्रेनड्रेन’ रोक्छु : प्रदीप पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १६:२०:००

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले बौद्धिक पलायनबाट मुलुक निर्माण नहुने बताएका छन्। बिहीबार आफ्नो क्षेत्रअन्तर्गत वडा नम्बर ५ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बौद्धिक वर्ग पलायन गरी अन्य सामग्री आयात भइरहेकोप्रति चिन्ता व्यक्त गरे।

‘ब्रेनड्रेनको समस्या छ। एउटा देश जो बौद्धिक नागरिकलाई जोगाएर राख्न सक्दैन भने त्यो देशको विकास कताबाट हुन्छ ? सबै कुरा आयात गरेर मात्रै देश समृद्ध हुन सक्दैन,’ नेता पौडेलले भने।

आफ्नो निर्वाचन क्षेत्रको समग्र विकासको खाकाबारे बताउँदै उनले सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व गर्ने गरी विकास गर्ने उल्लेख गरे। उनले भने, ‘काठमाडौं क्षेत्र नम्बर ५ हेरेपछि सबै देश देखिन्छ । यहाँ भएका मुख्य प्रशासनिक भवनदेखि कला कौशलका कारण पनि सो क्षेत्रले समग्र देशको प्रतिनिधित्व हुन्छ।’

युवा नेता पौडेलले काठमाडौं ५ मात्र नभई समग्र जिल्लामा रहेका विद्यालयलाई बुढानीलकण्ठस्तरको बनाउने प्रतिबद्धतासमेत गरेका छन्।