१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १२:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्कुलबसको झ्यालबाट टाउको बाहिर निकाल्दा रुखमा ठाेक्किएर बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार १२:५०:००

स्कुलबसको झ्यालबाट टाउको बाहिर निकाल्दा रूखमा ठोक्किई घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको छ। बुधबार करिब साढे ३ बजे लाजिम्पाटस्थित बेस्ट इलेमेन्ट्री मन्टेस्वरी स्कुलको कक्षा ५ मा अध्ययनरत बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सामाखुसी बस्ने १३ वर्षीय आयुष्मान दाहाल रहेका छन्। विद्यालय छुट्टी भएपछि विद्यालयको बा.१क ४६४२ नम्बरको बस चढी घर फर्कने क्रममा बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटनजिकको रूखमा ठोक्किएको थियो। 

टाउको ठोक्किएर गम्भीर चोट लागेका उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिए पनि उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त बस र बसचालक रोशन अधिकारीलाई प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।