मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार ०६:०९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा ग्लोबल आइएमईका दुई नयाँ शाखा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १७ बिहीबार ०६:०९:००

ग्लोबल आइएमई बैंक लिमिटेडले पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले वडा नम्बर १७, बिरौटा र वडा नम्बर २४, पामेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । 

नयाँ शाखाबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध भएको बैंकले जनाएको छ । बैंकले देशको ७७ वटै जिल्लामा शाखा सञ्चालनमा ल्याइसकेको जनाएको छ । नयाँ शाखासहित बैंकले देशभरमा दुई सय ९२ शाखा, दुई सय ७० एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५१ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ ।