१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक १७ बिहीबार १०:२६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

इरानलाई विश्वकपमा प्रतिबन्ध लगाउन युक्रेनको माग

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १७ बिहीबार १०:२६:००

युक्रेनले इरानलाई कतार विश्वकपमा प्रतिबन्ध लगाउनुपर्ने माग राखेको छ । युक्रेनको फुटबल एसोसिएसनले मानवअधिकार उल्लंघन गरेको आरोपमा इरानलाई प्रतिबन्ध लगाउनुपर्ने माग राखेको हो । युक्रेन फुटबल संघले इरानलाई प्रतिबन्ध लगाउन फुटबलको सर्वोच्च निकाय फिफासमक्ष पत्राचार छिटै गर्नेछ । 

युक्रेनको फुटबल संघको कार्यकारी बैठकले विश्वकपमा इरानलाई प्रतिस्पर्धा नगराउन फिफालाई अनुरोध गर्ने निर्णय भएको छ । इरानी खेलकुदसँग सम्बन्धित व्यक्तित्व र मानवअधिकार समूह ओपनले पनि इरानी राष्ट्रिय टोलीमाथि प्रतिबन्ध लगाउन आग्रह गरेका छन् । पछिल्लो समय युक्रेन र रसियाबीच सम्बन्ध राम्रो छैन । रसियाले युक्रेनमाथि आक्रमण गरिरहेको छ । 

इरानले रसियालाई आणविक हतियार सहयोग गरिरहेको युक्रेनको दाबी रहेको छ । रसियाले इरानबाट प्राप्त आणविक हतियार नै आफूमाथि प्रयोग भइरहेको युक्रेनी फुटबल संघको भनाइ छ । ‘युक्रेनविरुद्ध रसियालाई सहयोग गर्ने इरानी राष्ट्रिय फुटबल टोलीलाई विश्वकप २०२२ बाट बाहिर निकाल्नका लागि हामीले फिफासमक्ष प्रस्ताव पठाउँछौँ,’ युक्रेनी फुटबल संघले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

गत अक्टोबरमा युक्रेनको राजधानी किभमा रसियन सैनिकले इरानले दिएको ‘कामिकेज ड्रोन’ को सहायताले आक्रमण गरेको थियो । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेनेन्स्कीले सात इरानी ड्रोन खसालेको दाबी गरेका छन् । इरानले गोप्य रूपमा रसियालाई हातहतियार उपलब्ध गराएको युक्रेनको भनाइ छ । ‘इरानले अन्तर्राष्ट्रिय मानवधिकार हनन गरिरहेको छ, इरानले रसियालाई गोप्य रूपमा हातहतियार उपलब्ध गराएको छ,’ युक्रेन फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘​युक्रेनविरुद्ध रसियाको सैन्य आक्रमणमा इरानको हात 
हुन सक्छ ।’