१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ कार्तिक १६ बुधबार १९:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१९ कात्तिकमा प्रवासी नेपाली मञ्चको अधिवेशन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ कार्तिक १६ बुधबार १९:५५:००

एमालेसम्बद्ध प्रवासी नेपाली मञ्च(ओएनएफ)अन्तर्राष्ट्रिय कमिटीको पहिलो अधिवेशन १९ र २० कात्तिकमा हुने भएको छ। काठमाडौंको पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठमा आयोजना हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्ने आयोजकले जनाएको हो। 

‘सबल प्रवासी : समृद्ध नेपाल, सुखी नेपाली' मूल नारासहित आयोजना हुने अधिवेशनमा १५ सदस्यीय आयोजक कमिटी, पाँचवटै महादेश कमिटीबाट २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी ३ सयजना प्रतिनिधिहरू सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख प्रभुराम थापाले बताए। 

अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुईजना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। प्रवासी नेपाली मञ्च विश्वभर छरिएर रहेका एमालेसम्बद्ध प्रवासीहरूलाई संगठित गर्ने उद्देश्यले सन् १९९४ देखि प्रवासमा क्रियाशील छ। 

१४ सदस्यीय अन्तर्राष्ट्रिय कमिटीको नीतिगत नेतृत्व एमाले विदेश विभागका प्रमुख डा. राजन भट्टराईले गरिरहेका छन्। त्यस्तै, अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिवालय सदस्यहरूमा प्रभुराम थापा (अमेरिका), चानक पोखरेल (कतार), विमला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ) र सञ्चय थापा सल्लाहकार प्रमुख रहेका छन्। त्यस्तै, सदस्यहरूमा विनोद श्रेष्ठ, कुन्ती थापा, कर्ण शाही, शिव बरुवाल, भक्त वाग्ले, हेम शेर्पा, रमेश थापा र तीर्थ गौतम रहेका छन्।