मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७९ कार्तिक १६ बुधबार १२:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरी मुद्दामा साढे तीन वर्ष कैद सजाय ठहर भई फरार प्रतिवादी पक्राउ 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १६ बुधबार १२:३९:००

नकबजनी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार प्रतिवादी  वारबर्दिया नगरपालिका– २ का योगेन्द्र ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध जिल्ला अदालत बर्दिया गुलरियाले १ मंसिर ०७८ मा दुई वर्ष दुई महिना कैदसहित ३० हजार रुपैयाँ जरिवाना सुनुवाइ गरेको थियो ।

उनीविरुद्ध अदालतले जबर्जस्ती चोरी उद्योगमा पनि एक वर्ष तीन महिना दुई दिन कैद र १५ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो । त्यसयता उनी फरार थिए । प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका उनलाई इलाका प्रहरी कार्यालय बानियाँभार बर्दियाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । उनी घरमा लुकिछिपी बस्दै आएका थिए ।