१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चुनाव बिथोल्न विप्लव नेकपाले भण्डाफोर अभियान चलाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १५ मंगलबार १७:५५:००

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने भएको छ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको विरुद्धमा लाग्ने जानकारी दिएको हो। पत्रकार सम्मेलनमा बोल्दै पार्टीका स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले कात्तिक ४ गते बसेको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले निर्वाचनलाई सशक्त प्रकारले खारेज गर्ने निर्णय गरेको बताए।

निर्वाचनको विरुद्धमा भण्डाफोर, पर्चा वितरण, जुलुस र सभा आयोजना गरी निर्वाचनमा भाग नलिन जनताहरूलाई अपिल गर्ने उनले जानकारी दिए। चुनाव खारेज अभियानलाई सहयोग पुग्ने गरी केन्द्रीय सामना परिवारबाट सांस्कृतिक अभियान सञ्चालन गर्ने निर्णय पनि नेकपाले गरेको छ।

बैठकले २९ सदस्यीय पोलिटब्युरो र ६ सदस्यीय स्थायी समितिको निर्वाचन गरेको छ भने केन्द्रीय समितिको प्रवक्तामा खड्गबहादुर विश्वकर्मालाई नियुक्त गरेको छ। त्यस्तै, नवौँ महाधिवेशनसँग सम्बन्धित आर्थिक हिसावकितावलाई कात्तिक मसान्तसम्म केन्द्रित गरेर बन्द गर्ने निर्णय भएको स्थायी कमिटी सदस्य बुढामगरले जानकारी दिए।