मोडलिङ गर्ने भएकाले फोटो सुटका वेला फेसन डिजाइनरले तयार गरेका कपडा लगाउँछु । म्युजिक भिडियो र फिल्ममा पात्रअनुसारको पहिरन लगाउनुपर्ने हुन्छ । यसका लागि पनि फेसन डिजाइनरकै सल्लाहमा कपडा तयार गरिएको हुन्छ । घरमा बस्दा र घुमफिर गर्दा आफूलाई सजिलो लाग्ने पहिरन लगाउँछु ।
मैले प्रायः ट्रयाकसुटमा आफूलाई सहज महसुस गर्छु । किनकि, ट्रयाकसुटमा हिँड्न सजिलो हुन्छ । कहिलेकाहीँ पाइन्ट–टिसर्ट, कुर्था पनि लगाउँछु । कतै जाँदा ठाउँ, समय हेरेर पहिरन छान्छु ।
कम्फर्टेबल कपडाले कन्फिडेन्टसमेत बढाउने भएकाले छनोटमा ध्यान दिन जरुरी छ । तर, यसको अर्थ बजारमा चलेकै फेसन ट्रेन्ड फलो गर्नुपर्छ भन्ने होइन । किनकि, अरूलाई सुहाएको कपडा तपाईंलाई नसुहाउन सक्छ ।
अरूले सहज महसुस गरेको पहिरन लगाउँदा तपाईंलाई असहज महसुस हुन सक्छ । त्यसैले पहिरन छनोट गर्दा आफूलाई जुन सहज लाग्छ, त्यही छनोट गर्न सल्लाह दिन्छु ।