१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ कार्तिक १३ आइतबार १४:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आरजुकाे दाबी- ९५ प्रतिशत सिट सत्तागठबन्धनले जित्छ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
२०७९ कार्तिक १३ आइतबार १४:४३:००

कांग्रेस नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले आसन्न निर्वाचनमा सत्ताठबन्धनले ९५ प्रतिशत सिटमा जित्ने दाबी गरेकी छिन्। 

छठपर्वमा सहभागी हुन आइतबार जनकपुरधाम आइपुगेकी नेतृ देउवाले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त दाबी गरेकी हुन्। 

मुलुकभर गठबन्धनको अवस्था राम्रो रहेको बताउँदै उनले भनिन्, ‘चुनावै हो, हामी सय प्रतिशत भन्न सक्दैनौँ। तर, ९५ प्रतिशत सिटमा हाम्रो जित हुन्छ भने दाबीको साथ भन्न सक्छौँ।’ 

गठबन्धन दलका अधिकांश बागीको व्यवस्थापन भइसकेको बताउँदै नेतृ देउवाले थपिन्, ‘अब कहीँ–कहीँ मात्रै बागी उम्मेदवार छन् । तर, त्यसले गठबन्धनलाई खासै असर पर्दैन।’

जनकपुरधामको छठपर्व नेपालमै प्रसिद्ध रहेको बताउँदै सूर्य भगवानको उपासनाले देशमा सुशासन र समृद्धि छाउने आशा व्यक्त गरिन्। 

उनलाई जनकपुरधाम विमानस्थलमा स्वागत गर्न कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, कांग्रेसका सहमहामन्त्री तथा धनुषा क्षेत्र नम्बर ४ का उम्मेदवार पूर्वमन्त्री महेन्द्र यादव, लोसपाका वरिष्ठ नेता तथा धनुषा क्षेत्रका ३ का उम्मेदवार अनिल झा, धनुषा क्षेत्र २ का उम्मेदवार रामकृष्ण यादव, कांग्रेस नेतृ चन्दा चौधरी, धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का (क)का कांग्रेसका उम्मेदवार रामसरोज यादवसहितका नेताहरू जनकपुरधाम विमानस्थलमा पुगेका थिए।