मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक १३ आइतबार १०:३९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कानुनसँगै पूर्वाधार पनि बनाउँछु : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक १३ आइतबार १०:३९:००

कांग्रेस नेता प्रकाशमान सिंहले आफ्नो ध्यान कानुन बनाउने मात्र नभई भौतिक पूर्वाधार निर्माणमा समेत रहेको बताएका छन् । काठमाडौं १ मा आज चुनावी अभियानका क्रममा मतदातासँगको भेटघाटमा सिंहले यस्तो बताएका हुन् ।

केही दिनअघि प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा राप्रपाबाट उम्मेदवार रहेका रवीन्द्र मिश्रले सिंहले जारी गरेको घोषणापत्रमा विकास निर्माणका कुरा उल्लेख गरेकोमा आलोचना गरेका थिए । 

वडाध्यक्ष र नगर प्रमुख हुनुपर्ने मान्छे सांसद भएको भन्दै मिश्रले सिंहको आलोचना गरेका थिए । त्यसको जवाफमा आज सिंहले कानुन निर्माणसँगै विकास निर्माणको काममा पनि आफ्नो ध्यान रहने बताएका हुन् ।

सिंहले भौतिक पूर्वाधार निर्वाचनको क्षेत्रमा आफूभन्दा अघिका जनप्रतिनिधिभन्दा आफूले धेरै काम गरेको दाबी गरे । सिंहले यस क्षेत्रले जिताएर पठाएका जनप्रतिनिधि देशको प्रधानमन्त्री साथै ठूला–ठूला पदमा पुगे पनि विकासको काममा ठूलो कार्य गर्न नसकेको जिकिर गरे । 

जनप्रतिनिधिको रूपमा  आफू सधैँ जनताले बोलाउँदा जनतासमक्ष हाजिर हुने गरेको भन्दै उनले जनतालाई दुःख पर्दा सक्दो सहयोग गर्ने गरेको दाबीसमेत गरे ।