मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७९ कार्तिक १२ शनिबार १७:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भेरी नदीमा पौडी खेल्न गएका दुई किशाेर बेपत्ता

Read Time : < 1 मिनेट
२०७९ कार्तिक १२ शनिबार १७:५६:००

सुर्खेतमा भेरी नदीमा डुबेर दुईजना बेपत्ता भएका छन्। सुर्खेतको भेरीगंगा नगरपालिकाको सत्तरी भन्ने ठाउँमा पौडी खेल्ने क्रममा दुईजना बेपत्ता भएका हुन्। 

भेरी नदीमा शनिबार उनीहरू पिकनिक खान गएको र भेरी नदीमा पौडी खेल्ने क्रममा वीरेन्द्रनगर नगरपालिका–३ का १८ वर्षीय दीपक थापा र १८ वर्षीय चन्द्र बिसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

बेपत्ताहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको उद्धार टोली घटनास्थलतर्फ खटिइसकेको सशस्त्र प्रहरी बल रक्तकाली गण बागेसिमल सुर्खेतका प्रमुख विमल डाँगीले बताए।