मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक ७ सोमबार ११:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुरको बकैयाबाट ४३ क्युफिट अवैध काठ बरामद 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ७ सोमबार ११:५८:००

मकवानपुर प्रहरीले जिल्लाको पूर्वी क्षेत्र बकैया गाउँपालिकाको धियालबाट ४३.४१ क्युफिट अवैध चिरान काठ बरामद गरेको छ। अस्थायी प्रहरी पोस्ट धियालबाट खटिएको प्रहरी टोलीले आइतबार उक्त चिरान काठ फेला पारेको हो।

बकैया वडा नम्बर ७ चिसापानी खोल्सी कालापानी पाखा अन्तरेडाँडास्थित राष्ट्रिय वनभित्र बेवारिसे अवस्थामा सालको चिरान काठहरू रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी उक्त स्थानमा पुगेको थियो। ७७ थान (४३.४१ क्युफिट) सालको चिरान काठ बरामद गरी आवश्यक कारबाहीका लागि अस्थायी वन कार्यालय बकैया हात्तीसुँडेमा बुझाएको प्रहरीले जनाएको छ।