मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक ४ शुक्रबार २०:४२:००
Read Time : < 1 मिनेट
समाचार

हात्तीको आक्रमणबाट माउतेको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार २०:४२:००

पर्सा राष्ट्रिय निकुञ्जमा कार्यरत माउते रमेश महराको हात्तीको आक्रमणबाट ज्यान गएको छ।

ठोरी गाउपालिका ५ गडवालाइन पोष्टस्थित हात्तीसारमा घरपालुवा हात्तीले आफ्नै माउतेलाई शुक्रबार साढे ४ बजे आक्रमण गरेको प्रमुख संरक्षण अधिकृत अशोक रामले जानकारी दिए। 

हात्तीलाई बाध्ने क्रममा एक्कासी हात्तीको सुडले धकेलेर लडाएर घाइते भएका रमेशको बिरगंज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वार्डेन रामले जानकारी दिए।