Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ कार्तिक ४ शुक्रबार २०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओलीप्रति नेपालको टिप्पणी- नयाँ तानाशाह र हिटलरको जन्म भएको छ 

Read Time : < 1 मिनेट
२०७९ कार्तिक ४ शुक्रबार २०:१६:००

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले चुनाव जिते देश नै छोडेर हिड्नु पर्ने अवस्था आउने दाबी गरेका छन्। 

सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको भेलामा बोल्दै नेता नेपालले ओलीलाई हेर्दा नयाँ तानशाह र हिटलरको जन्म भएजस्तो लाग्ने बताउँदै उनीसँग होसियार हुनुपर्ने आवश्यकता रहेको बताए। 

‘ओली सुध्रिनेवाला छैनन् । नयाँ तानाशाह र हिटलरको जन्म भएको जस्तो छ । होसियार रहनुहोस् । उनले बहुमत ल्याए भने देश छोडेर भाग्नुपर्छ । उनीसँग प्रतिगामी शक्तिसँग साँठगाँठ छ। इतिहासको रक्षानमा फालिएको शक्तिसँग उनको साँठगाँठ छ’, उनले भने। अधिनायकवादीलाई रोक्न एकताबद्ध भएर लाग्न नेपालले कार्यकर्ताहरूलाई आग्रह गरे।