मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १९:५२:००
Read Time : > 1 मिनेट
समाचार

नेपालमा अमेरिकी चाँसो बढ्यो : परराष्ट्रमन्त्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ८ आइतबार १९:५२:००

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा अमेरिकी चाँसो बढेको सुनाएका छन् । अमेरिकी उच्च अधिकारीसँग द्विपक्षीय वार्ताको पाँच दिनपछि परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीलाई ब्रिफिंग गरेका ज्ञवालीले अमेरिकासँग क्षेत्रीय रणनीतिक साझेदारी नगरेको पनि उल्लेख गरे । 

कुनै परियोजनामा हस्ताक्षर गर्ने उद्देश्य थिएन, ज्ञवालीले अमेरिकासँग इन्डो प्यासिफिक सुरक्षा रणनीतिमा नेपाल सहभागी भएनभएको बारे सोधिएको प्रश्नमा उनले भने,  ‘मुलुकको पछिल्लो राजनीतिक परिवर्तन तथा विकासक्रमप्रति संयुक्त राज्य अमेरिका जस्तो हाम्रो पुरानो तथा महत्वपूर्ण साझेदार राष्ट्रको हामीप्रतिको चाँसो र महत्वमा बढोत्तरी ल्याएको मैले ठानेको छु ।’ 

नेपालको विकासमा अमेरिका महत्वपूर्ण साझेदार रहेको र अमेरिकासँग कुटनीतिक सम्बन्ध राखेपछि मात्रै नेपाल बाह्य जगतसँग जोडिएको उनको भनाई थियो । ‘दिगो विकास लक्ष्यसम्बन्धी परियोजनामा अमेरिकाको ५० करोड डलर लगानीपछि अमेरिका नेपालको सबैभन्दा ठुलो विकास साझेदार भएको छ,’ ज्ञवालीले भने, ‘७७ वस्तुमा अमेरिकाले नेपाललाई मात्रै भन्सार सहुलियत दिएको छ ।’

ज्ञवालीले द्विपक्षीय वार्तामा द्विपक्षीय, क्षेत्रीय र विश्वमामिलामा छलफल भएको र सबै विषयमा विचार आदनप्रदान मात्रै भएको बताए । ‘अतिथि र आतिथेयले कुरा गर्दा सार्कलाई कसरी सक्रिय बनाउने, बिमस्टेकमा अब के हुन्छ लगायत विभिन्न विषयमा विचार आदनप्रदान भयो,’ उनले भने, ‘सार्क अध्यक्ष, बिमस्टेकको पूर्व अध्यक्षका हैसियतमा इन्डो प्यासिफिक क्षेत्रमा नेपालको विशेष स्थान र खुला, प्रजातान्त्रिक र सम्बृृृद्ध क्षेत्रका लागि नेपालको केन्द्रिय भूमिका भनिएको हुनसक्छ ।’ 

उत्तर कोरिया बारे 

अमेरिकी समकक्षी माइक पोम्पियोसँग वार्तामा कोरियाली प्रायदीपको शान्ति प्रक्रिया बारे छलफल भएको ज्ञवालीले बताए । उनले भने, हामीले सुन्यौँ, तपाईँहरुको प्रयास सफल होस् भन्यौँ । हामीले उत्तरकोरियाका विषयमा बेग्लै छलफल गरेनौँ । आफूले जति भनिएको हो त्यति मात्रै बुझ्न आग्रह गरे ।’ 

अमेरिकामा ज्ञवालीले समकक्षी माइकल रिचार्ड पोम्पेओ, सहायक रक्षामन्त्री र्यान्डल स्क्रिभरसँग छलफल गरेका थिए ।